2 years ago
July 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एशियाली खेलकुद (साग) की चार स्वर्णधारी गौरिका सिंहले २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा दोस्रो राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।
जापानको फुकुओकामा जारी २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा यसअघि १ सय मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी गौरिकाले बुधबार ५० मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी हुन् ।
उनले सन् २०१६ मा भारतको गुहावटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा राखेको ३१.८७ सेकेन्डको समयलाई सुधार गर्दै ३१.४४ सेकेन्ड .सहित नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी हुन् ।
ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपको बुधबार नै पुरुषतर्फको १०० मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले पनि आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ किर्तिमान कायम गरेका छन् ।
एलेक्सले पुरानो समय ५२.९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२.९४ समयका साथ नयाँ रेकर्ड राखेका हुन् । एलेक्सले गत असारमा सम्पन्न ११औं एनएसए कप च्याम्पियनसिपमा ५२.९६ सेकेन्ड समयको किर्तिमान राखेका थिए ।
यसअघि मंगलबार डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा आफ्नो ब्यक्तिगत समयमा सुधार गर्दै २ मिनेट १२.४६ सेकेन्डमा दुरी पार गरेकी छिन् । यसअघि डुवानको ब्यक्तिगत समय २ मिनेट १५.०१ समय रहेको थियो । यस विधामा गौरिकाको नाममा २ मिनेट ११.९४ सेकेन्डको कीर्तिमान छ ।
अब नेपाली खेलाडीहरुको दुई खेल बाँकी छ । बिहिबार डुवाना लामाले १०० मिटर फ्रिस्टायल र एलेक्सले शुक्रबार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]