default_image

2 years ago

July 24, 2023

गौरिका र नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

478 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिका सिंह र नासिर याह्या हुसेनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

जापानको फुकुओकामा भइरहेको २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नासिरले आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएको हो ।

२०० मिटर फ्रि स्टायलमा नासिरले १ मिनेट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भएका हुन् ।

यसअघि नासिरको नाममा १ मिनेट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । नासिरले उक्त किर्तिमान ११औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए। नासिरले आइतबार ४०० मिटर फ्रि स्टायलमा पनि ४ मिनेट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका थिए ।

यस्तै महिलातर्फ दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिकाले पनि राष्ट्रिय कीर्तिमान बनाउन फिल भएका छन् । उनले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६.८० सेकेन्डमा दुरी पुरा गरि कीर्तिमान बनाएकी हुन् ।

यसअघि गौरिकाले १ मिनेट ७.३१ सेकेन्ड समयको कीर्तिमान बनाएको थिया । उनले उक्त कीर्तिमान भारतको गुहावटीमा भएको १२औं दक्षिण एशियाली खेलकुदमा कायम गरेकी थिइन् ।

मंगलबार डुवाना लामाले २०० मिटर फ्रिस् टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश बैद्यले जानकारी गराएका छन् । बिश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै वल्र्ड एक्वाटिक्सको नामाकरण गरी प्रतियोगिता आयोजना गरेको हो ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.