1 year ago
July 23, 2023
एजेन्सी – पाकिस्तान ए ले एसिसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत ए माथि १ सय २८ रनको सानदार जितका साथ उपाधि जितेको छ । पाकिस्तानले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
जितको लागि ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अल आउट भयो । भारतका ओपनर अभिषेक शर्माले ५१ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर साई सुदर्शनले २८ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए ।
भारतलाई ओपनर साई सुदर्शन र अभिषेक शर्माले ८.३ ओभरमा ६४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
तीव्र गतिका बलर अर्शद इकबालको सर्ट बलमा सुदर्शन एज लागेर विकेटकिपर मोहम्मद हरिसबाट क्याच आउट भएपछि भारतले लगातार विकेट गुमाएको थियो । मोहम्मद वासिमको बलमा निकिन जोस ११ रनमा एलबीडब्लू आउट भए ।
पाकिस्तानका स्पिनरले भारतको मध्यक्रम धरासयी बनाउँदै उपाधि यात्रा सहज बनाएका थिए । स्पिनर सुफियान मुकीकको बलमा अभिषेक शर्मा तयाब ताहिरबाट क्याच आउट भए ।
कप्तान यश धुल ४१ बलमा ४ चौकासहित ३९, निशान्त सिन्धु १०, ध्रुब जुरेल ९, रियान पराग १४ र हर्षित राना १३ रनमा आउट भएपछि भारतको जितको सम्भावना सकिएको थियो ।
पाकिस्तानको जितमा सुफियान मुकीमले १० ओभरमा ६६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । अर्शद इकबाल, मोहम्मद वासिम जुनियर र मेहरान मुमताजले समान दुई विकेट लिए ।
त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो । पाकिस्तानलाई च्याम्पियन बनाउन तयाब ताहिरले ७१ बलमा १२ चौका र ४ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
पाकिस्तानलाई दुई युवा ओपनर सैइम अयुब र शहिबजादा फहरानले ड्रिम सुरुवात दिलाएका थिए । ओपनर अयुब र फहरानले १७.२ ओभरमा १ सय २१ रनको सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
अयुबले ५१ बलमा ७ चौका र २ छक्कासहित ५९ रन बनाए । फहरान ६२ बलमा ४ चौका र ४ छक्कासहित ६५ रनमा रन आउट भए ।
मध्यक्रमका ब्याटर ओमैर युसुफ ३५ बलमा ४ चौकासहित ३५, कसिम अक्रम डक र मोहम्मद हरिस २ रनमा आउट भए । मध्यक्रमका ब्याटर ठूलो सटको चक्करमा आउट भए ।
तर छैटौं विकेटका लागि मुबासिर खान र तयाब ताहिरले १ सय २६ रनको सानदार शतकीय साझेदारीका साथ विशाल योगफलमा पुर्याएका थिए । मुबासिर खान ४७ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा आउट भए ।
मोहम्मद वासिम जुनियर १० बलमा १ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहे । मेहरान मुमताज १३ रनमा आउट भए । भारतका राजवर्धन हगांगेकार र रियान परागले समान दुई विकेट लिए ।
हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान एक विकेट लिए । समूह चरणमा भने पाकिस्तान भारतसँग ८ विकेटले पराजित भएको थियो ।
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा फुटबल टोली एएफसी यु १७ एसिया कप छनोटको आफ्नो पहिलो खेलमा फराकिलो अन्तरमा पराजित भएको छ। कतारको दोहामा बुधवार भएको खेलमा नेपाललाई जापानले ९-२ ले हराएको छ। नेपालका लागि सविनकुमार मगर र विज्ञान खड्काले गोल गरे । जापानका लागि दाइची तानीले ४ गोल, हिरोतो असादाले ३ तथा मिबुकी कासाई र […]
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली उसु खेलाडीले जापानको टोकियोमा हुने तेस्रो थाउँलो वर्ल्डकप २०२४ भाग लिने भएका छन् । टोकियोस्थित योकोहा शहरमा वर्ल्ड कप कात्तिक ७ देखि १२ गते सम्म हुने बताइएको छ। दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङले वर्ल्ड कपमा भाग लिने बताइएको छ। नेपाल उसु महासंघका महासचिव […]
October 7, 2024
दिल तामाङ ,सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको पाँचौं महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र राजेन्द्रले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरे। प्रतिभाले म्याग्दी काली युनाइटेड र राजेन्द्रल ढोरपाटन क्लबबाट […]