default_image

2 years ago

July 6, 2023

आईएसए र बोर्न टु हुप फाइनलमा

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईएसए नेपाल र आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको बोर्न टु हुप गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । चार टिम सहभागी राउन्ड रोविन लिगमा आईएसए नेपाल विजेता तथा बोर्न टु हुप उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।

आईएसए नेपालले बोर्न टु हुपलाई १३–७, बलर्स एकेडेमीलाई ६–२ र गोल्डेन बडलाई १३–२ ले पराजित ग¥यो । बोर्न टु हुपले गोल्डेन बडलाई ७–५ तथा बलर्सलाई ११–८ ले हरायो । आईएसए नेपालसंग भने बोर्न टु हुपसंग १३–७ ले पछि प¥यो ।

ब्वाइजमा मनास्लु वल्र्ड कलेज, युजीए, ग्रान्डी, बोर्न टु हुप, जिपीएचएस, बलर्स एकेडेमी भीएस ‘ए’ र टिम कुमारले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । ब्वाइजमा २२ टिम सहभागी छन् ।

दुवै समूहमा पहिलो हुनेले २० हजार तथा दोश्रोले १० हजार नगद पुरस्कार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । नगद पुरस्कार बाहेक छात्रवृत्तिको पनि व्यवस्था छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.