default_image

2 years ago

June 29, 2023

हिमालय सेमिफाइनलमा

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक हिमालय स्कुल र कलेज प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिताको गल्र्स बास्केटबलतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

कोटेश्वरस्थित घरेलु कोर्टमा हिमालयनले ब्राभो ‘बी’ ८–६ ले पराजित ग¥यो । हिमालयसंगै टिभ्स ‘ए’, विल्सन र ब्राभो ‘ए’ पनि सेमिफइनलमा पुगे ।

टिभ्स ‘ए’ ले मनास्लुलाई ७–५, विल्सनले टिभ्स ‘बी’ लाई ८–७ र ब्राभे ‘ए’ ले ओम ज्ञान मन्दिरलाई ९–४ ले पराजित गरे । सेमिफाइनलमा ब्राभो ‘ए’ को भेट विल्सनसंग हुने भने हिमालयले टिभ्स ‘ए’ विरुद्ध खेल्नेछ ।

ब्वाइज बास्केटबलमा भीएस, मनास्लु, सागर ‘बी’ र स्याम्बोले सेमिफाइनलमा स्थान सुरक्षित गरे । भीएसले सेबलाई ५–२, मनास्लुले सागर ‘ए’ लाई ७–५, सागर ‘बी’ ले टिभ्सलाई ९–७ र स्याम्बोले जनप्रेमीलाई १२–६ ले पाखा लगाए । सेमिफाइनल भीएस र मनास्लु तथा सागर ‘बी’ र स्याम्बोबीच हुनेछ ।

ब्वाइज फुटसलमा एनआईसीले अल स्टारलाई ४–३ गोलले हराउदै फाइनलमा स्थान पक्का ग¥यो । फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्न बाँकी छ ।

प्रतियोगिताको हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी र फाइनान्स डाइरेक्टर भुवनचक्र जोशीले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।

बास्केटबलको ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ टिम सहभागी छन् । फुटसलमा ८ ब्वाइज टिमले भाग लिएका छन् । दुवै खेल नकआउट आधारमा भइरहेको छ ।

दुवै खेलमा पहिलो हुने १० हजार तथा दोश्रोले ५ हजार नगद पुरस्कारका साथै छात्रवृत्ति प्राप्त गर्ने छन् । पहिलो र दोश्रो हुने टिमका सदस्यलाई ७५ प्रतिशत छात्रवृत्ति दिइने छ । सहभागी टिमका प्रत्येक सदस्यलाई पनि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.