default_image

2 years ago

June 28, 2023

पविन र विजितको विजयी सुरुवात

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० आजदेखी ललितपुरस्थित नखिपोट ब्याडमिन्टन सर्कलमा सुरु भएको छ ।

प्रतियोगिताको माननिय युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले उद्घाटन गरे । मन्त्री लिम्बुले खेलकुदलाई पर्यटनसँग जोड्नु पर्ने भन्दै खेलकुदको माध्ययमबाट राज्यको आर्थिक स्तर उकास्ने कार्यमा सवै लाग्नु पर्ने बताए ।

उनले खेलकुदमा प्राईभेट सेक्टरलाई आकर्षित गर्नु पर्ने भन्दै खेललाई राजनीतिबाट पर राखेर खेल र खेलाडीको विकास गर्नु पर्ने बताए ।

बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिको अध्यक्ष रुद्र बहादुर थिङ्गको सभापतीत्वमा भएको कार्यक्रममा नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिका संयोजक रामजी बहादुर श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए ।

पुरुष एकलतर्फको स्पर्धामा त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका बिजित थापा मगरले बिजयी सुरुवात गर्दै दोश्रो चरणमा स्थान बनाएका छन् । पविनले बिवाईसीका अरुण अधिकारीलाई २१–१५ र २१–१७ ले र बिजितले रुपन्देहीका प्यार जंग थापालाई २१–५ र २१–९ ले पराजित गरे ।

यस्तै अन्य स्पर्धामा एपिएफका सुजन थापाले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका सुजल श्रेष्ठलाई २१–६ र २१–४, सेनाका हिमाल चन्दले काभ्रेकका अंकित भोछेभ्वयलाई २१–९ र २१–११, एपिएफका शिषिर रानाले देवीनगर ब्याडमिन्टनका रिसव राईलाई १६–२१, २१–१७ र २१–१३, एपिएफका देवराज रानाले धादिङका मोहन गुरुङबाट वाक ओभर पाए ।

यस्तै सेनाका अभय महराले रिभाईभका किरन न्यौपानेलाई २१–१३ र २१–१२ ले, पुलिसका अविक श्रेष्ठले पर्फेक्ट फिटनेश क्लबका अनिल मल्ललाई २२–२० र २१–९ ले, एपिएफका भोज बहादुर गुरुङले आशमान लोप्चनलाई २१–९ र २१–४ ले, पाल्पाका दिपम बज्राचार्यले भक्तपुरका सुप्रिम राना मगरबाट वाक ओभर, एपिएफका रोशन साउदले आर्मीका कविर के.सी.लाई २१–१९ र २१–१५ले, मंडला ब्याडमिन्टन क्लबका अमन तामाङले रिभाईभका सलुन सिंह ठकुरीलाई १९–२१, २१–१६ र २१–१३ ले हराए ।

पुलिसका पूर्ण बहादुर थापाले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बबिश थापालाई १६–२१, २१–१६ र २१–१६, एपिएफका सुमन लिम्बुले आई.बि.एस.सी.का सुबाष उलकलाई २१–१० र २१–११ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे ।

दोश्रो चरण प्रवेश गर्ने अन्य खेलाडीहरुमा आयुश्मान श्रेष्ठ, एपिएफका क्षितीज खनाल, रिभाईभका प्रशोभ रात्न शाक्य, आर्मीका रुकेश महर्जन, आर्मीका सुविन श्रेष्ठ, एपिएफका अमन महर्जन, भक्तपुरका रिसोद सुवाल, संखुवासभाका रिजन याम्फु, आर्मीका नरेन्द्र बम, बि.वाई.सी.का सुमित थोकर, पुलिसका सुनिल जोशी, बनेपाका सानु बाबु गोले, पुलिसका हिरा बहादुर राई र सेनाका विवेक चौधरी रहेका छन् ।

प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ बर्ष माथिको युगल, यु–११, यु–१३ र यु–१५ छात्र÷छात्रा गरि १० विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताकोलाई राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग रहेकोछ भने नेपालका लागि योनेक्सको आधिकारीक विक्रेता योनेक्स सनराईज ईनास ईन्टरप्राईजेजको विशेष साथ रहेको छ ।

अनुमानित १४ लाख ४१ हजार लागत रहेको प्रतियोगितामा कुल पुरस्कार रासी ५ लाख ३३ हजार रहेको छ । जसमा पुरुष र महिला एकल तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् ।

यस्तै पुरुष युगलतर्फ शिर्ष तीन बिजयीहरुले क्रमशः नगद ४० हजार, २० हजार र ८ हजार, भेट्रान्स तर्फका बिजयीहरुले क्रमशः ३० हजार, १५ हजार र ६ हजार तथा यु– ११, १३ र १५ का शिर्ष तीन बिजयी खेलाडीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यसका साथै बिजयी खेलाडीहरुले मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.