1 year ago
June 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि भारोत्तोलबाट ४ खेलाडी छनोट भएका छन् ।
अन्तिम छनोट प्रतियोगिताबाट समान २–२ पुरुष र महिला गरी ४ खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् ।
पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भए । महिला ५५ केजीमा प्रहरीकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरी छानिए । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।
December 25, 2024
तनहुँ (हाम्रो खेलकुद) – बराहडाँडा युवा क्लबकाे आयाेजना तथा बराहडाँडा टोल विकास संस्थाको सह–आयोजनामा हुने २८ बजार मेलामा पुरुष र महिला भलिबल प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । शुक्लागण्डकी नगरपालिका– १२ बराहडाँडा तनहुँमा रहेको बाराही प्राथमकि विद्यालयले हरेक वर्षको पुस २८ गते बार्षिकोत्सव मनाउँदै आइरहेकाेमा पछि यो वार्षिकोत्सव २८ बजार मेलाले चिनिन्छ […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]
December 22, 2024
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]