2 years ago
June 27, 2023
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशस्तरीय मुवाँथाई प्रतियोगिता मंगलबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशमा मुवाँथाई खेलको व्यवसायिक विकास एवं प्रवर्द्धनका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले पहिलो पटक वार्षिक कार्य योजना अनुरुप उक्त प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगतामा विभिन्न ५ तौलमा प्रतिस्पर्धा गराइएको प्रदेश खेलकुद परिषद्का सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिए ।प्रतियोगितामा ७० केजी भन्दा माथिको प्रतिस्पर्धामा पुरुषतर्फ सागर नेपाली बिजयी भए । उनले सुदर्शन गुरुङलाई पराजित गरे ।
त्यस्तै ५८ केजी तौलमा रोनिश दर्लामीले आयुष गुरुङलाई फाइनलमा पराजित गर्दा ५९ केजी तौलमा तेन्जी रब्सनले डेनियल गुरुङलाई पराजित गरे । त्यस्तै पुरुष ५४ केजी तौलमा दिपेश गुरुङले अनिश मगरलाई पराजित गरे भने महिलाको एक मात्र ५४ केजी तौल समुहको प्रतिस्पर्धामा सुस्मा चौधरीले कविता बुढामगरलाई हराइन् ।
प्रतियोगितामा बिजेता खेलाडीहरुले जनही १० हजार र उपविजेता खेलाडीहरुले जनही ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका पूर्व खेलकुद मन्त्री एवं सांसद राजिव गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य–सचिव श्रीधर शर्मा, नेपाल मुवाँथाई संघका केन्द्रिय अध्यक्ष गणेशलाल कक्षपती, संघका केन्द्रिय उपाध्यक्ष दिपकबहादुर गोदार, सिनियर मुवाँथाई खेलाडी सुवास खड्का, खेल पत्रकार केशव पाठकलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा मुवाँथाई सिनियर रेफ्री भुपेश शाक्यले जुरीको भूमिका निर्वाह गरेका थिए भने मुख्य रेफ्रिमा सञ्जय राई रहेका थिए । त्यस्तै अन्य रेफ्रिहरुमा सरोज पौडेल, दिल तामाङ, सतिश लिम्वु, जिवन गुरुङ, उत्तम गुरुङ र विकास गुरुङ रहेका थिए ।
यस अघि मुवाँथाई खेलको रेफ्रिहरुलाई दुई दिने प्रशिक्षण समेत प्रदान गरिएको थियो । सो कार्यक्रममा २० जना भन्दा बढिले सहभागिता जनाएका थिए ।
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]
May 6, 2025
दिपक बोहोरा, पाँचथर पाँचथर सदरमुकाम फिदिममा कोशी प्रदेश स्तरीय एन्फा आधारभुत रेफ्रिङ कोर्ष सुरु भएको छ । पाँचथर जिल्ला फुटबल संघ ले फुटबल खेलमा रेफ्रीको भूमिकालाई मध्यनजर राख्दै मंगलबारबाट रेफ्रिङ कोर्षको आयोजना गरेको हो । आगामी बैशाख ३० गतेसम्म सन्चालन हुने कोर्षमा कोशी प्रदेशका बिभिन्न जिल्लाका कुल ४३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । जसमा […]