2 years ago
June 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आबुधाबी स्पोर्टस् काउन्सिलको सहकार्य एवम् गल्फ मल्टी स्पोर्टस्को आयोजनामा भएको रिम मल इन्डोर रनमा हरिकृष्ण बिष्टले रजत पदक प्राप्त गरेका छन् ।
हरिले १० किमि दौड ३६ मिनेट ५९ सेकेन्डमा पुरा गर्दै रजत पदक प्राप्त गरेका हुन् । श्रीलंकाका हनिफा मुवारक ३३ मिनेट ५४ सेकेन्डका साथ प्रथम र युनाईटेड किडमका हडसल स्टुवार्ट ४० मिनट ४५ सेकेन्ड समयका साथ तेश्रो भए ।
१० किमि दौडमा ४८ देशका १०९ खेलाडीहरुको सहभागिता रहेको दुबईबाट तेक्वान्दोका राष्ट्रिय रेफ्री समेत रहेका जगन अधिकारीले बताएका छन् । तेक्वान्दोका प्रशिक्षक समेत रहेका हरीले यस अघि वेलम्यान समर रन २०२३ को उपाधि जितेको थिए ।
रोजगारीका सिलसिलामा विगत ७ वर्ष देखि दुवईमा रहेको सेनाका अवकास प्राप्त बिष्टले यसअघि पनि विभिन्न दौडमा सहभागिता जनाउनुका साथै विभिन्न पदक प्राप्त गर्न सफल भईसकेको अधिकारीले जानकारी गराए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]