2 years ago
June 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको आइतबार घोषणा गरिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारै भएको छनोट प्रतियोगिताबाट अन्तिम १२ खेलाडी छनोट गरिएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जनाएका छन् ।
छनोट भएका खेलाडीहरुमा नवीन महर्जन, विराट श्रेष्ठ, पुजन फेवाली, यदु अधिकारी, निरोज कार्की, सविन महत, झुकेन्द्र राई, विक्रम पुरी, विशाल बडु, विवेश बासु, सुमन चौलागाईं र श्रीराम श्रेष्ठ रहेका छन् । वैकल्पिक खेलाडीमा विक्रम भारती, विकास राना मगर र सुजन कुमाल छन् ।
एसियाडमा नेपालले रग्बीमा पहिलोपटक सहभागिता जनाउन लागेको हो । एसियाड असोज ६ गतेदेखि सुरु हुँदै छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]