2 years ago
June 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अन्नपूर्ण गाउँपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
अन्नपूर्णले फाइनलमा आयोजक कीर्तिपुर नगरपालिकालाई ८१–८८ ले पराजित ग¥यो । अन्नपूर्णका केमन सेन्चुरीले २३ अंक जोडे ।
उपाधिसंगै अन्नपूर्णले १ लाख नगद पुरस्कार हात पा¥यो भने कीर्तिपुरले ५० हजार नगद पुरस्कार पायो । केमन ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए । उनले १० हजार नगद पुरस्कार जिते ।
कीर्तिपुर कभर्डहलमा पहिलो क्वाटरमा २२–१३ को अग्रता लिएको अन्नपूर्ण दोश्रो र तेश्रोमा क्रमशः २०–२३ र २०–२१ ले पछि प¥यो । चौथो तथा अन्तिम क्वाटर २६–२४ ले आफ्नो पक्षमा पार्दै अन्नपूर्णले उपाधि पक्का ग¥यो ।
ललितपुर महानगरपालिकाले नागर्जुन नगरपालिकालाई ९८–९३ ले हराउदै तेश्रो स्थानमा चित्त बुझायो । ललितपुरका प्रनिशले ३० स्कोर गरे । ललितपुरले ३० हजार नगद पुरस्कार प्राप्त ग¥यो ।
विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी, उप मेयर शुभलक्ष्मी शाक्य, प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ८ टिम सहभागी थिए ।
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]