2 years ago
June 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा लगातार चौथो हार बेहोरेको छ ।
लिग चरणको चौथो खेलमा तुर्केमिनिस्तानसँग ३–१ को सेटमा पराजित हुँदै लगातार चौथो हार बेहोरेको हो । विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा बिहीबार भएको खेलको पहिलो सेट १८–२५ ले सहजै गुमाएको नेपालले प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २५–२३ ले जित्दै खेलमा फर्कियो ।
तेस्रो सेटमा ६–१० ले पछि परेको नेपालले लगातार ५ अंक बटुल्दै ११–१० को अग्रता लिन सफल भयो । त्यसपछि प्रतिस्पर्धात्मक खेलमा २४–२३ ले अग्रता लिएपनि लगातार ३ अंक गुमाउदा सेट २४–२६ ले गुमाउन पुग्यो ।
१०–१० को बराबरीको स्थितिबाट लय गुमाएको नेपालले त्यसपछि खेलमा फर्कने प्रयास गरेपनि तुर्केमिनिस्तानलाई २०–२५ ले नतिजा सुम्पन पुग्यो । लगातार चौथो हारसँगै नेसन्स लिगमा नेपाल अंकविहीन बनेको छ ।
यसअघि नेपाल पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा घरेलु टोली किर्गिस्तानसँग समान ३–१ को सेटमा पराजित हुँदा तेस्रो खेलमा एसियाकै पावर हाउस इरानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
तुर्केमिनिस्तानको यो पहिलो जित हो । पहिलो जितसँगै तुर्केमिनिस्तानले चारखेलबाट ३ अंक बटुलेको छ । यसअघि तुर्केमिनिस्तान किर्गिस्तानको दोस्रो टोली, मंगोलिया र किर्गिस्तानसँग समान ३–१ को सेटमा पराजित भएको थियो ।
अब नेपालले शुक्रबार किर्गिस्तानको दोस्रो टोली तथा आइतबार उज्वेकिस्तानसँग अन्तिम खेल खेल्नेछ ।
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]