default_image

2 years ago

June 22, 2023

नेपालले आज तुर्केमिनिस्तानसँग खेल्दै

277 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा आज (बिहीबार) लिग चरणको तेस्रो खेलमा तुर्केमिनिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र तुर्केमिनिस्तानबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेपछि विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा हुनेछ । यसअघिको तीन खेलमा हार बेहोरेको नेपाल तुर्केेमिनिस्तानलाई पराजित गर्दै लिगमा पहिलो जितको खोजीमा हुनेछ ।

नेपाल पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा घरेलु टोली किर्गिस्तानसँग समान ३–१ को सेटमा पराजित हुँदा तेस्रो खेलमा एसियाकै पावर हाउस इरानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

टोलीसँगै कप्तान हरि हजुर थापासँगै मान बहादुर श्रेष्ठ, हेमन्त बहादुर मल्ल, दुर्गा बहादुर खड्का, हरि अधिकारी, धन बहादुर भट्ट क्षेत्री, टेक राज अवस्थी, रविन चन्द र भीम गाहा छन् । यस्तै टोलीसँग राजेन्द्र विष्ट, लोकेन्द्र गिरी र सफल विक पनि टोलीमा छन् ।

यता, तुर्केमिनिस्तान पनि नेपाललाई हराएर लिगमा पहिलो जितको खोजीमा हुनेछ । तुर्केमिनिस्तानले पनि तीन खेलमा हार बेहोरेको छ । तुर्केमिनिस्तानले किर्गिस्तानको दोस्रो टोली, मंगोलिया र किर्गिस्तानसँग समान ३–१ को सेटमा पराजित भएको छ ।

अब नेपालले शुक्रबार किर्गिस्तानको दोस्रो टोली तथा आइतबार उज्वेकिस्तानसँग अन्तिम खेल खेल्नेछ ।

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.