2 years ago
June 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदअन्तर्गत स्क्वासबाट ६ खेलाडी छनोट भएका छन् ।
महिला र पुरुषमा समान ३–३ गरी ६ खेलाडी छनोट गरिएको नेपाल स्क्वास राकेट्स संघले जनाएको छ । महिलामा राष्ट्रिय च्याम्पियन बिपना ब्लोनसँगै कृष्णा थापा र स्वस्थानी श्रेष्ठ छनोट हुन सफल भइन् । पुरुषमा राष्ट्रिय च्याम्पियन अमृत थापामगरसँगै अरहन्त केशर सिंह र अमिर ब्लोन छनोट हुन सफल भए ।
विपना र अमिर तथा कृष्णा र अमृत सहोदर दिदी भाई हुन् । विपना र अमृत गत असोज र कात्तिकमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा आफ्नो विधाको एकलतर्फका च्याम्पियन हुन् । टोलीको प्रशिक्षकमा हिरा बहादुर थापा र व्यवस्थापकमा संघका अध्यक्ष किशोर महर्जन छन् ।
संघले राउन्ड रोविन लिगको आधारमा प्रतियोगिताको आयोजना गर्दै एसियाडलाई खेलाडी छनोट गरेका हुन् । १९औं एसियाली खेलकुद सेप्टेम्वर २३ देखि अक्टोवर ८ सम्म चीनमा आयोजना हुँदैछ । आगामी एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]