2 years ago
June 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक संस्कृति र युलेन्सले तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । संस्कृति गल्र्स तथा युलेन्स ब्वाइजमा उपाधि जित्न सफल भए ।
स्वयम्भूस्थित घरेलु कोर्टमा भएको गल्र्स फाइनलमा संस्कृतिले काष्ठमण्डपलाई २७–१९ ले पराजित ग¥यो । संस्कृतिको जितमा रियाना महर्जनले १३ अंक योगदान गरिन् ।
ब्वाइज फाइनलमा श्रृयुक्त शाहको २२ अंक सहयोगमा युलेन्सले रेडिअन्ट पब्लिकलाई ५३–४० ले हरायो । ब्वाइजमा श्रृयुक्त तथा गल्र्समा समृद्धि शाह ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]