default_image

2 years ago

June 20, 2023

ट्रायथलन टोली जापान जाने

247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली ट्रायथलन यु–२३ तथा जुनियर च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार जापानको गामागोरी प्रस्थान गर्दैछ ।

जुन २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष तथा १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा मौलिक महर्जनले यु–२३ तथा येजु महर्जनले जुनियरमा प्रतिस्पर्धा गर्नेछन् ।

महिलामा श्रेबी महर्जनले जुनियरमा खेल्ने छिन् । मौलिक र श्रेबी १९औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । खेलाडीले ७ सय ५० मिटर स्विमिङ, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर रनिङ गर्नु पर्नेछ ।

अफिसियलमा ज्ञानकृष्ण प्रजापति छन् । नेपाल ट्रायथलन संघका सदस्य मिकेन महर्जन पनि एसियाली ट्रायथलनको कोंग्रेसमा सहभागी हुन टोलीसंगै जापान जाँदै छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.