2 years ago
June 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुर समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । कीर्तिपुर कभर्डहलमा कीर्तिपुरले ललितपुर महानगरपालिकालाई ८९–८० ले पराजित ग¥यो । कीर्तिपुरका आदित्य डंगोलले २६ अंक जोडे ।
सुरुका तीन क्वाटरमा कीर्तिपुरले क्रमशः २२–१७, २५–१५ र २७–२२ को अग्रता बनाउदै जितको आधार खडा गरेको थियो । ललितपुरले चौथो तथा अन्तिम क्वाटर २६–१५ ले आफ्नो पक्षमा पारेपनि जित हात पार्न सकेन । पराजयका बावजुद ललितपुर पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो ।
अन्नपूर्ण गाउँपालिकाले समूह ‘ए’ को विजेताका हैसियतले सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । समूह विजेता बन्न अन्नपूर्णले टोखा नगरपालिकालाई ९९–७७ ले पन्छायो । अन्नपूर्णका राजेश गर्बुजाले १८ स्कोर गरे ।
पहिलो क्वाटरमा ३०–२४ को अग्रता लिएको अन्नपूर्ण दोश्रोमा १६–१७ ले पछि प¥यो । अन्नपूर्णले तेश्रोमा ३१–२३ र चौथोमा २२–१३ ले अग्रता लिदै जित अन्तर फकारिलो बनायो ।
सेमिफाइनलमा अन्नपूर्णको भेट ललितपुरसंग हुनेछ भने कीर्तिपुरले नागर्जुन नगरपालिका विरुद्ध प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल बिहीबार हुनेछ ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]