default_image

1 year ago

June 20, 2023

मैत्रीपूर्ण फुटसल र टेबल टेनिस हुने

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) र नेपाल ओलम्पियन संघ (एनओए) को संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय ओलम्पिक डे जुन २३ को अवसरमा मैत्रीपूर्ण फुटसल र टेबल टेनिस हुने भएको छ ।

एनएनआइपिएले एक विज्ञप्ति जारी गर्दै असार ८ गते शुक्रबार ओलम्पिक डे रनको अवसरमा मैत्रीपूर्ण टेबल टेनिस र फुटसल खेल आयोजना गर्न लागेको उल्लेख गरेको छ । खेल जावलाखेलस्थित एभिएम स्कुल मानभवनमा हुनेछ ।

एनएनआइपिए र एनओएले विगतका वर्षहरुमा पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु र ओलम्पियनबिच विभिन्न मैत्रिपूर्ण खेलहरु संचालन गर्दै आइरहेको र यसपटक पनि त्यसलाई निरन्तरता दिइएको जनाएके छ । मैत्रिपूर्ण खेलमा सहभागी हुन इच्छुक खेलाडीहरुले बिहीबारसम्म आफ्नो नाम दर्ता गराइ सक्नुपर्नेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एक्स स्टेपको कोटेश्वरमा आउटलेट खुल्यो

काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स स्टेपको नयाँ आउटलेट काठमाडौंको कोटेश्वरमा शनिवार सुरु भएको छ। नेपाली राष्ट्रिय भलिबल भलिबलका टोलीका केही खेलाडीसहित माल्दिभ्स मा आयोजना हुने काभा क्लब च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल पुलिस क्लबका खेलाडी, प्रशिक्षक र अफिसियल टोलीको एक्स स्टेप आउटलेटको संयुक्तरुपमा उद्घाटन गरेका थिए। एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो […]

September 6, 2024

डायमण्डलाई हराउँदै एपिएफ च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– आफ्नो मुख्य स्पाइकरद्धय सरस्वती चौधरी र निरुता ठगुन्नाविनै कोर्टमा उत्रिएको विभागीय नेपाल एपिएफ क्लब लामाचौर कप राष्ट्रिय भलिबलको महिलातर्फ च्याम्पियन बनेको छ । एपिएफले शुक्रबार भएको फाइनलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपिएफले समूह चरणमा भोगेको हारको बदला […]

Success

Thank you for your time.