2 years ago
June 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटरले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको फाइनलमा फ्रिडमले तकामी भेट्रानलाई ३–१ गोलले पराजित गर्दै उपाधि रक्षा ग¥यो ।
फ्रिडमका लागि ‘म्यान अफ द म्याच’ विकर्ण श्रेष्ठले २ तथा राजकुमार घिसिङले १ ले गोल गरे । तकामीका रितेश थापाले १ गोल फर्काए । उपाधिसंगै फ्रिडमले १ लाख नगद पुरस्कार हात पा¥यो । तकामीले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा तकामीका रितेश थापा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
गोलरक्षकमा मुकुन्द थापा, डिफेन्समा राजनलाल नेपाल र मिडफिल्डमा राजकुमार घिसिङ उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट तीनै खेलाडी फ्रिडमका हुन् । उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई नेपाल कांग्रेसका महामन्त्री गगनकुमार थापा, आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडा, चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा विश्व साइकल यात्री शुभप्रसाद शर्मालाई आयोजक वडा ७ ले प्रोत्साहन स्वरुप नगद २ लाख रुपैयाँ प्रदान गरेको थियो । साताव्यापी नकआउट प्रतियोगितामा मोफसलका ६ सहित २१ टिम सहभागी थिए ।
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]