2 years ago
June 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा लगातार तेस्रो हार बेहाेर्ने क्रममा बलियाे इरानसँग पराजित भएकाे छ ।
नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएपछि लिगमा लगातार तेस्रो हार बेहोर्न पुगेको हो । नेपालले यसअघि मंगोलिया र घरेलु टोली किर्गिस्तानसँग समान ३–१ को सेटमा पराजित भएको थियो ।
बलियो इरानलाई बलियो चुनौती दिएपनि नेपालले नतिजा भने आफ्नो पक्षमा पार्न सकेन । किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा मंगलबार भएको पहिलो सेटमा ४–४ को बराबरीबाट पछि परेको नेपाल एक समय ५–१३ ले पछि पर्दै १६–२५ ले नतिजा सुम्पन पुग्यो ।
दोस्रो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले १५–१४ ले अघि रहेको नेपालले त्यो अग्रतालाई कायम राख्न नसक्दा पराजित हुन पुग्यो । त्यसबाट पछि परेको नेपालले पूनरागमन प्रयास गर्दै २२–२३ को स्थितिमा ल्याएपनि इरानले थप २ अंक बटुलेपछि नेपाल २२–२५ ले पराजित हुन पुग्यो ।
तेस्रो सेटमा एक समय ४–७ ले अघि रहेको नेपाल १२–१५ ले पछि परेपनि पूनरागमन गर्दै खेललाई १९–१९ को बराबरी गर्न सफल भएपनि सोही गतिलाई निरन्तरता दिन नसक्दा पराजित २२–२५ ले नतजिा सुम्प पुग्यो ।
लगातार तेस्रो हारसँगै नेपालले काभा नेसन्स लिगमा अंकको खाता खोल्न सकेको छैन । यता, इरानले लगातार दोस्रो जित दर्ता गर्दै ६ अंक बटुलेको छ ।
अब नेपालले बिहीबार तुर्केमिनिस्तान, शुक्रबार किर्गिस्तानको अर्काे टोली तथा आइतबार उज्वेकिस्तानसँग अन्तिम खेल खेल्नेछ ।
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]