default_image

2 years ago

June 20, 2023

राष्ट्रिय टोलीमा सफलको डेब्यु

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सफल विकले नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीमा डेब्यु गरेका छन् ।

सफलले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिग अन्तरगत किर्गिस्तानविरुद्ध ३–१ को सेटमा पराजित भएको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।

नेपाल चौथो सेटमा १६–२४ ले पछि रहेको स्थितिमा हरि अधिकारीको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।

गण्डकी प्रदेशका सफल घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट खेल्ने गर्छन् । पछिल्लो समय घरेलु भलिबलमा लगातार उच्च प्रदर्शन गरेपछि उनी राष्ट्रिय टोलीमा पर्न सफल भएका हुन् ।

यससँगै यसपटक राष्ट्रिय टोलीमा परेका सबै चार खेलाडीले टोलीमा डेब्यु गरेका छन् । यसअघि अपोजिट हिटर हेमन्त बहादुर मल्ल, लिवेरो भीम बहादुर गाहा र सेटर लोकेन्द्र गिरीले मंगोलियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरिसकेका छन् ।

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.