default_image

2 years ago

June 20, 2023

नेपालले इरानसँग खेल्दै

315 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा आज (मंगलबार) बलियो इरानसँग खेल्दैछ ।

नेपाल र इरानबीचको खेल किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि शुरु हुनेछ । लगातार दोस्रो हार बेहोरेको नेपाल बलियो इरानलाई स्तब्ध पार्ने लक्ष्यमा कोर्टमा उत्रनेछ ।

नेपाल इरानबाट कम्तीमा पनि एक सेट जित्ने योजनामा हुनेछ । तर, बलियो इरानविरुद्ध सेट लिन नेपालको लागि सहज भने हुनेछैन । नेपाल पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा किर्गिस्तानसँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।

टोलीसँग कप्तान हरि हजुर थापा, मान बहादुर श्रेष्ठ, हेमन्त बहादुर मल्ल, धन बहादुर भट्ट क्षेत्री, टेक राज अवस्थी, रविन चन्द, दुर्गा बहादुर खड्का, हरि अधिकारी, सफल विक, लोकेन्द्र गिरी, राजेन्द्र विष्ट र भीम गाहा छन् ।

यता, इरान नेपाललाई हराउँदै काभा पुरुष भलिबल नेसन्स लिगमा लगातार दोस्रो जितको खोजीमा हुनेछ । इरानले पहिलो खेलमा उज्वेकिस्तानमाथि ३–० को सोझो सेटमा जित निकालेको थियो ।

इरानसँगको खेलपछि नेपालले बिहीबार तुर्केमिनिस्तान, शुक्रबार किर्गिस्तानको अर्काे टोली तथा आइतबार उज्वेकिस्तानसँग अन्तिम खेल खेल्नेछ ।

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.