2 years ago
June 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ लामा तामाङले जर्मन ओपन इन्टरनेसनल च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् ।
सिद्धार्थले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले जनाएका छन् ।
जर्मनीको सिमर्नमा जुन १६ देखि १८ तारिखसम्म भएको प्रतियोगितामा सिद्धार्थले पहिलो स्वर्ण सफ्ट स्टायल एमभी ब्ल्याकवेल्ट स्पर्धामा जिते । जर्मनीका इभा मुगले रजत तथा स्विट्जरल्यान्डका लिएस रिमरले कांस्य जिते ।
सिद्धार्थले अर्को स्वर्ण चाइनिज फर्म स्पर्धामा जिते । अस्ट्रियाका जान मुग दोश्रो तथा जर्मनीका मालीबु तेश्रो भए । पेशाले कानून व्यवसायी समेत रहेका सिद्धार्थ नेपाल उमा कुङफु संघका अध्यक्ष हुन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेका छन् ।
उनी अस्ट्रियामा मुख्यालय रहेका वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) का एसियाली निर्देशक पनि हुन् । नेपाल उमा कुङफु संघका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ सिद्धार्थका गुरु हुन् ।
प्रतियोगितामा नेपालसहित फ्रान्स, अस्ट्रिया, स्विट्जरल्यान्ड, अमेरिका, चेक रिपब्लिक, इरान, बेल्जियम र जर्मनी गरी ९ राष्ट्रका करिब १ हजार १ सय खेलाडीको सहभागिता रहेको उमा कुङफु संघले जनाएको छ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]