default_image

2 years ago

June 19, 2023

काभा पुरुष भलिबल नेसन्स लिग – नेपालले आज किर्गिस्तानसँग खेल्दै

344 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले काभा पुरुष भलिबल नेसन्स लिगको आफ्नो दोस्रो खेलमा आज (सोमबार) बलियाे घरेलु टोली किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र किर्गिस्तानबीचको खेल विस्केकमा रहेको चोलपोन एटिए कभर्डहलमा नेपाली समयअनुसार साँझ ५ः४५ बजेपछि हुनेछ ।

पहिलो खेलमा मंगोलियासँग ३–१ को सेटमा पराजित भएको नेपाल बलियो किर्गिस्तानलाई स्तब्ध पार्दै नेसन्स लिगमा पहिलो जितको खोजीमा हुनेछ ।

मंगोलियाविरुद्ध नेपालले राम्रो खेल पस्किएपनि नतिजा भने आफ्नो पक्षमा पार्न सकेन । मंगोलियाविरुद्धको खेलमा भएको गल्तीलाई सच्याउँदै किर्गिस्तानलाई कडा चुनौती दिने योजनमा हुनेछ ।

टोलीसँग कप्तान हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, टेक राज अवस्थी, राजेन्द्र विष्ट, रविन चन्द, हेमन्त बहादुर मल्ल, दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी, सफल विक, लोकेन्द्र गिरी र लिवेरो भीम बहादुर गाहा छन् । टोलीमा मिडल ब्लकर सफलले डेब्यु गर्न बाँकी छ । आइतबार हेमन्त, लोकेन्द्र र भीमले डेब्यु गरिसकेका छन् ।

यता, पहिलो खेलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको घरेलु टोली किर्गिस्तान नेपाललाई पराजित गर्दै लगातार दोस्रा जितको खोजीमा हुनेछ । आज नै मंगोलिया र तुर्केमिनिस्तान तथा इरान र उज्वेकिस्तानबीच खेल हुनेछ ।

किर्गिस्तानपछि नेपालले मंगलबार इरान, बिहीबार तुर्केमिनिस्तान, शुक्रबार किर्गिस्तानको अर्काे टोली तथा त्यसपछि आइतबार उज्वेकिस्तानसँग अन्तिम खेल खेल्नेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.