2 years ago
June 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि बक्सिङबाट अन्तिम १३ खेलाडी छनोट गरेका छन् । संघले महिलामा ६ र पुरुषमा ७ गरी १३ खेलाडी छनोट गरेको हो ।
छनोटमा महिलामा सुष्मा तामाङ, मिनु गुरुङ, चन्द्रकला थापा, संगिता सुनार, बिनिता थापा मगर र सरस्वती राना छनोट हुन सफल भइन् । पुरुषमा रविन थापा, बुद्ध ग्याम्जो लामा, भुपेन्द्र थापा मगर, दिपेश लामा, दिपक श्रेष्ठ, दिपक सुनुवार र आशिष दवाडी छनोट हुन सफल भएको संघले जनाएको छ ।
फ्लाई वैट ५० किलो महिला तौल समुहअन्तर्गत आइतबार नक्साल बक्सिङ क्लबका सुस्मा तामाङले यचटुओका अस्मिता दुवाललाई स्पिलट डिसिजन ५ः२ को आधारमा पराजित गरिन् ।
५४ किलो तौल समुह महिलातर्फ आर्मीकी मिनु गुरुङले बक्समाण्डुकी अन्जली तेलीलाई ४ः१ को आधारमा पराजित गरिन् । महिला ५७ किलो तौल समुहमा आर्मीकी चन्द्रकला थापाले नेपाल पुलिस क्लबकी निशा तामाङलाई युनानिमस ५ः० को आधारमा पराजित गरिन् ।
६० किलो महिलातर्फ वाक ओभरको आधारमा एपीएफकी संगिता सुनारले आर्मीकी बर्षा श्रेष्ठलाई पराजित गरिन् । महिला ६६ किलो तौल समुहमा एपीएफका विनिता थापा मगरले आर्मीकी निरु गुरुङलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गरे । महिला ७५ केजीमा एपीएफकी सरस्वती राना मगरले एपीएफकी मनिता राईलाई पराजित गरिन् ।
पुरुषतर्फ ५१ किलो तौल समुहमा यचटुओका रविन थापाले नेपाल प्रहरीका चन्द्रबहादुर थापालाई स्प्लिट डिसिजन ५ः२ को आधारमा पराजित गरिन् ।
पुरुषतर्फ ५७ किलो तौल समुहमा एचटुओका बुद्ध ग्याम्जो लामाले ४ः१ को स्प्लिट डिसिजनको आधारमा बोसिगाँउ क्लबका सुलभ मालीलाई पराजित गरे ।
पुरुष ६३.५ किलो तौल समुहमा जेनेक्सका मौसम राना मगरलाई ५ः० अंकको आधारमा नेपाल प्रहरीका खेलाडी भूपेन्द्र थापा मगरले जीत हासिल गरे । भूपेन्द्र १३ औं दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी हुन् ।
पुरुष ७१ किलो तौल समुहमा आर्मीका दिपेश लामाले ४ः१ अंकको आधारमा सुदूरपश्चिमका खेलाडी भरत चन्दलाई पराजित गरे । पुरुष ८० किलो तौल समुहमा आर्मीका दिपक श्रेष्ठले बक्समाण्डुका मनोज तामाङ्गलाई वाक ओभरको आधारमा पराजित गरे ।
पुरुष ९२ किलो तौल समुहमा गण्डकीका दिपक सुनवारले ४ः० को अंकको आधारमा एपीएफका रविन नेपाललाई पराजित गरे । ९२ प्लस किलो तौल समुहमा आर्मीका आशिष दवाडी छनोट भए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]