2 years ago
June 18, 2023
काठमाडौं (हाम्रो – अपोजिट हिटर हेमन्त बहादुर मल्ल, लिवेरो भीम बहादुर गाहा र सेटर लाेकेन्द्र राज गिरीले नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीमा डेब्यु गरेका छन् ।
किर्गिस्ताननमा जारी काभा पुरुष भलिबल नेसन्स लिग अन्तरगत मंगोलियाविरुद्धको खेलबाट हेमन्त, भीम र लोकेन्द्रले राष्ट्रिय टोलीका डेब्यु गरेका हुन् । उनीहरुले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै डेब्यु गरेका हुन् ।
हेमन्त र भीमले पहिलो सेटमा पहिलो रोजाईमा खेल्दै डेब्यु गर्दा लोकेन्द्रले कप्तान हरि हजुर थापाको स्थान लिदै टोलीमा डेब्यु गरेका हुन् । नेपाल १७–२२ ले पछि रहेको स्थितिमा लोकेन्द्रले हरि हजुरको स्थान लिएका हुन् ।
घरेलु भलिबलमा हेमन्त र लोकेन्द्रले विभागीय नेपाल एपिएफ क्लबबाट तथा भीमले नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल खेल्ने गर्छन् ।
अब राष्ट्रिय टोलीमा मिडल ब्लकर सफल विकले डेब्यु गर्न बाँकी छ । सफल पनि पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । सफल घरेलु भलिबलमा पुलिसबाट खेल्ने गर्छन् ।
किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा आइतबार भएको खेलमा नेपाल मंगोलियासँग ३–१ को सेटमा पराजित भएको छ । नेपाल मंगोलियासँग १९–२५, २०–२५, २७–२५ र २०–२५ ले पराजित हुन पुग्यो ।
राउन्ड रोविन लिगको आधारमा हुने खेलमा नेपालले अब सोमबार किर्गिस्तान, मंगलबार इरान, बिहीबार तुर्केमिनिस्तान, शुक्रबार किर्गिस्तानको अर्काे टोली तथा त्यसपछि आइतबार उज्वेकिस्तानसँग खेल्नेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।