default_image

2 years ago

June 18, 2023

मंगोलियासँग नेपालको हार

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले काभा पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा मंगोलियासँग पराजित भएको छ ।

किर्गिस्तानको विस्केकमा आइतबारदेखि शुरु भएको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल मंगोलियासँग ३–१ को सेटमा पराजित भएको हो ।

किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपालले मंगोलियालाई सुरुवाती दुई सेटको सुरुवातमा कडा चुनौती पेश गरेपनि त्यही गतिलाई निरन्तरता दिन नसक्दा सेट गुमाउन पुगेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा नेपालले अग्रता लिदै प्रतिस्पर्धात्मक नै जित निकाल्न सफल भयो ।

एक समय ९–१४ ले पछि परेको नेपालले लगातार ३ अंक जोड्दै पहिलो सेटलाई १२–१४ को स्थितिमा ल्याउँदै मंगोलियालाई कडा चुनौती दिँदै खेललाई १७–१९ को स्थितिमा ल्याएका थिए । तर, त्यसपछि नेपालले थप २ अंक जोड्दा मंगोलियालाई १९–२५ ले नतिजा सुम्पन पुग्यो ।

दोस्रो सेटमा पनि कडा चुनौती दिएपनि १२–१२ को स्थितिबाट पछि परेको नेपालले मंगोलियालाई २०–२५ ले नतिजा सुम्पन पुग्यो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा नेपालले १२–१२ को बराबरीबाट अग्रता लिदै एक समय २०–१५ को आरामदायी अग्रतासहित जिततर्फ अघि बढेको थियो ।

मंगोलियाले पूनरागमन प्रयास गर्र्दै खेललाई २४–२४ को बराबरीमा ल्याएपनि नेपालले २७–२५ ले सेट जित्न सफल भयो । चौथो सेटमा सुरुवातदेखि नै पछि परेको नेपालले पूनरागमन प्रयास गरेपनि खेलमा फर्कन नसक्दा नतिजा २०–२५ ले सुम्पन पुग्यो ।

राउन्ड रोविन लिगको आधारमा हुने खेलमा नेपालले अब सोमबार किर्गिस्तान, मंगलबार इरान, बिहीबार तुर्केमिनिस्तान, शुक्रबार किर्गिस्तानको अर्काे टोली तथा त्यसपछि आइतबार उज्वेकिस्तानसँग खेल्नेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.