default_image

1 year ago

June 18, 2023

स्पेन र क्रोएसिया नेसन्स लिगको फाइनलमा भिड्दै

124 views

0 Bookmark

एजेन्सी – युरोपेली नेसन्स लिगको उपाधिका लागि आइतबार स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

क्रोएसियाले घरेलु टोली नेदरल्यान्ड्सलाई सेमिफाइनलमा स्तब्ध पार्दै फाइनलको यात्रा तय गरेको थियो । पहिलो पटक उपाधि जित्ने लक्ष्य राखेको क्रोएसियाले अतिरिक्त समयसम्म लम्बिएको खेलमा ४-२ को जित दर्ता गरेको थियो ।

यता स्पेनले इटालीलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो । जोसेलुले खेलको अन्त्यतिर गोल गरेपछि स्पेन २-१ को जितका साथ फाइनलमा पुगेको हो ।

स्पेनले पछिल्लो ६ मध्य ३ खेलमा हार बेहोरेको छ । यता क्रोएसिया भने पछिल्लो ६ मा मात्र १ हार बेहोरेको छ ।

July 4, 2024

नेपालले रसियन टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले रसियन खेलाडी सम्मिलित टोलीसँग घरेलु भुमिमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाल र रसियन टोलीबीचको दुई मैत्रीपूर्ण खेल आगामी साउन ६ र ७ गते (जुलाई २१ र २२) त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल भलिबल संघले जनाएको छ । नेपालस्थित रसियन […]

July 3, 2024

राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) ले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राईलाई यु–२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ । संघले साउन पहिलो सातादेखि माल्दिभ्समा आयोजना हुन लागेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपका लागि राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो । यस्तै संघले एभरेस्ट भलिबल […]

July 1, 2024

अस्ट्रेलियामा मानबहादुर सर्वाेत्कृष्ट, टेकलाई दुई अवार्ड

मेलबर्न – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलियाको मेलबर्नमा आयोजना भएको ग्लोबल मिट कप २०२४’ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नीलाई ग्लोबल मिट कप २०२४’ मा मानबहादुरकै अलराउन्ड प्रदर्शनमा म्याग्दी काली अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको थियो । सर्वाेत्कृष्ट बनेसँगै मान बहादुरले १ सय […]

Success

Thank you for your time.