2 years ago
June 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले काभा पुरुष भलिबल नेसन्स लिगमा आज आफ्नो पहिलो खेलमा मंगोलियासँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र मंगोलियाबीचको खेल किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।
मंगोलियालाई हराउँदै नेपाल काभा पुरुष भलिबल नेसन्स लिगमा सुखद् सुरुवात गर्न चहान्छ । नेपाल नयाँ कप्तान तथा सेटर हरि हजुर थापाको कप्तानीमा मैदान उत्रनेछ ।
टोलीसँग ओपन स्पाइकरमा मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट र रविन चन्द छन् । अपोजिट हिटरमा धन बहादुर भट्ट क्षेत्री र हेमन्त बहादुर मल्ल छन् । मिडल ब्लकरमा दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी र सफल विक रहँदा लिवेरोमा भीम बहादुर गाहा छन् ।
एक मात्रै लिवेरो रहेकाले भीमले राष्ट्रिय टोलीमा डेब्यु गर्ने पक्का रहँदा सफल विक र हेमन्त बहादुर मल्लले राष्ट्रिय टोलीमा डेब्यु गर्ने सम्भवना छ । सेटर लोकेन्द्र राज गिरीले पनि टोलीमा पूनरागमन गर्ने सम्भावना छ ।
राउन्ड रोविन लिगको आधारमा हुने खेलमा नेपालले सोमबार किर्गिस्तान, मंगलबार इरान, बिहीबार तुर्केमिनिस्तान, शुक्रबार किर्गिस्तानको अर्काे टोली तथा त्यसपछि आइतबार उज्वेकिस्तानसँग खेल्नेछ । टोलीको मुख्य प्रशिक्षकमा जगदिश प्रसाद भट्ट, प्रशिक्षकमा भरत यादव तथा टिम व्यवस्थापकमा श्याम श्रेष्ठ छन् ।
नेपाली टोली
सेटर – हरि हजुर थापा र लोकेन्द्र राज गिरी
ओपन स्पाइकर – मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट र रोविन चन्द,
अपोजिट हिटर – धन बहादुर भट्ट क्षेत्री र हेमन्त बहादुर मल्ल
मिडल ब्लकर – दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी र सफल विक
लिवेरो – भीम बहादुर गाहा
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।