default_image

2 years ago

June 17, 2023

किङ्स क्लबलाई बाग्लुङ कप भलिबल उपाधि

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – किङ्स क्लब काठमाडौंले तेस्रो संस्करणको बाग्लुङ कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको फाइनलमा न्युटन स्कुललाई ३–१ को सेटमा पराजित गर्दै किङ्स क्लबले उपाधि जित्न सफल भएको हो ।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेट किङ्सले २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । दोस्रो सेट सहजै २५–१९ ले जितेको किङ्ले तेस्रो सेट १८–२५ ले गुमाउन पुग्यो । त्यसपछि चौथो सेट २५–१८ ले सहजै जित्दै किङ्स क्लबले उपाधि जित्न सफल भयो ।

उपाधिसँगै किङ्स क्लबले १ लाख रुपैयाँ र कप हात पारेको छ । दोस्रो भएको न्युटनले ५० हजार रुपैयाँ र कप पाएको छ । किङ्स क्लबका कप्तान तथा ओपन स्पाइकर सन्जु विक्रम शाह प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । उनले कपसँगै ४ हजार रुपैयाँ प्राप्त गरे ।

विजयी टोली तथा खेलाडीलाई ह्याप्पी योङ युथ क्लबका अध्यक्ष किरण घायल, नेपाल भलिबल संघका सदस्य जुनु पुन मगर, खेल संयोजक दिल सुनारसँगै राज कुमार राई, भुमि घर्ती, कृष्ण गुरुङ र दिल माया दुरालगायतले पुरस्कृत गरे ।

ह्याप्पी योङ युथ क्लबको आयोजनामा ३० जेठबाट शुरु भएको प्रतियोगिता ८ क्लबको सहभागिता रहेको थिया । सहभागी क्लबले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । सुरुवाती दुई संस्करण २ ए साइडमा भएको थियो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.