default_image

1 year ago

June 17, 2023

आयोजक कीर्तिपुरको विजयी सुरुआत

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ ।

कीर्तिपुर कभर्डहलमा कीर्तिपुरले चन्द्रागिरी नगरपालिकालाई ९५–४० को फराकिलो अन्तरले पराजित ग¥यो । कीर्तिपुरको जितमा आशिष थापा मगरले २८ अंक योगदान गरे ।

चारै क्वाटरमा अग्रता बनाएको कीर्तिपुरले २३–७, १६–१५, ३०–१३ र २६–५ को प्रदर्शन ग¥यो । अर्को खेलमा प्रनिश तिमिल्सिनाको २७ अंक सहयोगमा ललितपुरले भक्तपुरलाई ७१–६१ ले हरायो ।

पहिलो क्वाटरमा ९–१३ ले पछि परेको ललितपुरले दोश्रो र तेश्रोमा क्रमशः २७–१६ र २१–१७ को अग्रता बनाउदै जितका लागि आधार खडा ग¥यो । चौथोमा ललितपुर १४–१५ ले पछि प¥यो ।

प्रतियोगिताको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले एक कार्यक्रमबीच उद्घाटन गरे । मोफसलका २ सहित ८ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले जनाएका छन् ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद पुरस्कार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

November 24, 2024

ओमानका पूर्व कप्तान कर्णालीमा अनुबन्धित

काठमाडौं(हाम्रो खेलकुद) – ओमान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिशान मक्शुदलाई कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ । आइतबार कर्णालीले विदेशी खेलाडीका रुपमा मक्शुदलाई टोलीमा अनुबन्ध गराएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा […]

November 23, 2024

चेल्सीले लेस्टरलाई हरायो

एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]

November 22, 2024

फाल्डो यु-२१ को उपाधि विजेता सदभावलाई स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]

Success

Thank you for your time.