default_image

2 years ago

June 17, 2023

अभिषेक र अभिलाषा च्याम्पियन

356 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अभिषेक बाँस्तोला र अभिलाषा विष्ट प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् । अभिषेक पुरुष एकलमा तथा अभिलाषा महिला एकलमा च्याम्पियन बनेका हुन् ।

राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा शनिबार संघर्षपूर्ण जित हात पार्ने क्रममा अभिषेकले प्रदीप खड्कालाई १–६, ६–१ र ७–६ को सेटमा पराजित गरे । प्रणव खनाल र आर्यन गिरी तेश्रो भए ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा थापालाई ६–३ र ६–२ को सोझो सेटमा हराइन् । प्रकृति श्रेष्ठ र आइशा डोल्कर गुरुङ तेश्रो बने । पुरुष र महिला सिंगल्सका विजेताले १ लाख, उपविजेताले ५० हजार र तेश्रोले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री पहिलो भए । उनले फाइनलमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारलाई सीधा सेटमा ७–५ र ६–४ ले पाखा लगाए ।

सन्तोषले ६० हजार तथा जितेन्द्रले ३० हजार नगद पुरस्कार पाए । तेश्रो भएका कमलबहादुर अधिकारी र दावा सोनाम शेर्पाले १०–१० हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई पूर्व उप प्रधानमन्त्री कमल थापा, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुल, आयोजक एकेडेमीका अध्यक्ष रविन प्रधान र प्रमुख कार्यकारी अधिकृत सिमान्त गुरुङलगायतले पुरस्कृत गरे ।

नेपाली टेनिसकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा खुला, भेट्रान र जुनियर गरी २४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक स्पर्धाका पदक विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।

कुल पुरस्कार राशी १४ लाख ८५ हजार रुपैयाँ थियो । जेठ २७ गतेदेखि सुरु प्रतियोगितामा २ सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.