2 years ago
June 17, 2023
लमजुङ (हाम्रो खेलकुद) – आर्मीका गजेन्द्र राईले लमजुङमा भएकाे दोस्रो राष्ट्रब्यापी मिनि म्याराथनको उपाधि जितेका छन् ।
लमजुङस्थित सुन्दरबजार नगरपालिका– ९ को भोटेओडारको बगैंचामा शनिबार भएको १५ किलोमिटरको मिनि म्याराथन गजेन्द्रले ४५ मिनेट ५४ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् ।
आर्मीकै रामजी बस्नेत दोस्रो भए । उनले निर्धारित दुरी ४६ मिनेट ३० सेकेण्डमा पुरा गरे । ४७ मिनेट १४ सेकेण्डमा पुरा गर्दै आर्मीकै मोहनदेव जोशी तेस्रो भए । आर्मीकै सञ्जय श्रेष्ठ चौथो तथा आर्मीकै प्रेमबहादुर बस्नेत पाँचौ भए ।
च्याम्पियन बनेसँगै गजेन्द्रले ५५ हजार ५ सय ५५ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो भएका रामजीले २५ हजार ५ सय ५० रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे । तेस्रो भएका जोशीले १५ हजार ५ सय ५० रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
चौथो भएका सन्जय र प्रेमले समान १० हजार ५ सय रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग बहादुर गुरुङ (कालु) ले जानकारी गराए ।
विजयी खेलाडीहरूलाई प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सविधान सभा सदस्य एवम् नेकपा एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु)ले संयुक्त रुपमा पुरस्कृत गरे ।
समापन दौरान जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, नेकपा एमाले जिल्ला कमिटीका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल, प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदी, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष गोविन्द बस्नेत लगायतको उपस्थिति थियो ।
दोस्रो राष्ट्रब्यापी मिनि म्याराथनमा लमजुङ लगायत विभिन्न जिल्लाका ३५ जना धावकहरूले सहभागिता जनाएका थिए । पहिलो संस्करणमा जुम्लाका दुर्गा बुढा मगरले उपाधि जितेका थिए ।
मिनि म्याराथन सुन्दरबजार नगरपालिका र बेसीशहर नगरपालिकाको सीमाक्षेत्रमा रहेको बेसीशहर नगरपालिकाको उदिपुरस्थित स्वागत गेटदेखि सुरु भई सुन्दरबजार नगरपालिका– ९ को कृष्ण बगैंचा, सोही नगरपालिका– ८ को पैह्रे, सोही नगरपालिका– ७ को लमजुङ क्याम्पस गेट, लमजुङको प्रवेश नाका पाउँदी हुँदै वडा नं– ८ फूलबारी, सिउँडीबार भएर कृष्ण बगैंचामा आएर टुंगिएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]