default_image

2 years ago

June 16, 2023

ज्ञानोदय र रेडियन्ट क्वाटरफाइनलमा

314 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ज्ञानोदय र रेडियन्ट तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भूस्थित आयोजक संस्कृति इन्टरनेसनल स्कुलको कोर्टमा ज्ञानोदयले युरोलाई ३४–२० ले पराजित ग¥यो । ज्ञानोदयको जितमा दिपेश शाहीले २९ अंक योगदान गरे ।

सन्तोष शर्माको १४ अंक सहयोगमा रेडियन्टले मातृभुमिलाई ३७–२२ ले हरायो । ब्वाइजमै संस्कृतिले एक्सेल्सियरलाई २७–१८, काठमाडौं भ्यालीले टीआईएलाई ५४–२०, निसर्गले रातो बंगलालाई १८–१७, हेम्सले काठमाडौं वल्र्डलाई ३२–२३ र होली भिजनले जेम्सलाई ४५–२३ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

संस्कृतिका दीप जोशी श्रेष्ठले ६, काठमाडौं भ्यालीका वनाह गुरुङले २२, निसर्गका अभनलाल श्रेष्ठले १०, हेम्सका हेमन्त राजवंशीले १८ र होली भिजनका सविन लामाले २३ स्कोर गरे ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.