2 years ago
June 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसएनकेसी दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भइरहेको प्रतियोगितामा एसएनकेसीले रुपन्देहीलाई ५–२ गोलले पराजित ग¥यो ।
विजयी टिमका लागि आकाश गुरुङ, राकेश श्रेष्ठ, सागर थापा, सरोज थापा र नरेश श्रेष्ठले गोल गरे । रुपन्देहीका प्रेमबहादुर राना र चन्द्रिका चौधरीले गोल फर्काए ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडम फाइटर, तकामी र बौद्ध भेट्रान पनि सेमिफाइनलमा पुगे ।
फ्रिडमले कपन भेट्रानलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । तकामीले चितवनलाई १–० गोलले पाखा लगायो । मनु गौतमले निर्णायक गोल गरे ।
बौद्धले बूढानीलकण्ठ भेट्रानलाई पेनाल्टी सुटआउटमा २–० गोलले पन्छायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
सेमिफाइनलमा बौद्धको भेट तकामीसंग हुनेछ भने फ्रिडमले एसएनकेसी विरुद्ध खेल्ने छ । दुवै सेमिफाइनल शनिबार हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]