default_image

2 years ago

June 16, 2023

हरिहजुर भलिबलको १०औं कप्तान

607 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सेटर हरिहजुर थापा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीकाे दशौं कप्तान बनेका छन् । नेपाल भलिबल संघले उनलाई कप्तानको रुपमा चयन गरेको हो ।

यसअघिका कप्तान इम बहादुर राना किर्गिस्तानमा हुने काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने टोलीमा नरहेसँगै संघले नयाँ कप्तानको रुपमा हरि हजुरलाई चयन गरेको हो । अब हरि हजुरको कप्तानीमा नेपालले काभा पुरुष भलिबल नेसन्स लिग खेल्नेछ ।

घरेलु भलिबलमा विभागीय त्रिभुवन आर्मी क्लबबा खेल्ने उनी अनुभवी सेटर हुन् । हरिहजुर सन् २०१५ देखि नियमित रुपमा राष्ट्रिय टोलीका नियमित सदस्य हुन् । उनीसँग आर्मीको पनि कप्तानी सम्हालिसकेको अनुभव छ ।

भलिबलको इतिहासमा नेपालको पहिलो कप्तान ऋषिराज आचार्य हुन् । उनले २०३३ मा पाकिस्तानमा भएको काइदे आजामा नेपाली टोलीको कप्तानी सम्हालेका थिए ।

पाकिस्तानमा खेलेको अर्काे वर्ष नेपालले चीनमा गएर प्रदर्शनी खेल खेलेको थियो । त्यसबेला नेपाल हरिहर श्रेष्ठको कप्तानीमा चीन पुगेको थियो । चीन पुग्दा हरिहर श्रेष्ठ बिरामी भएपछि नेपालको कप्तानी रेशम गुरुङले गरेका थिए । तर यो आधिकारिक खेल नभई प्रदर्शनी खेल थियो ।

त्यसपछि दीपक सापकोटा, महेन्द्र लाल श्रेष्ठ, राजेश मास्के, सुनिल चौधरी, विष्णु मास्के, भरत बहादुर शाह, कैलाश दत्त भट्ट र इम राना नेपालको कप्तान बनेका थिए । भलिबलमा नेपालका लागि धेरै समयसम्म कप्तानी १६ वर्ष भरत शाहले गरेका छन् ।

टोलीका कप्तान हरि हजुर थापाले पहिलेभन्दा अहिलेको खेल फरक हुने बताए । ‘बलियो टिम रहेकाले हामीलाई हरेक खेल चुनौतीपूर्ण हुनेछ । नयाँको जोश र पुरानोको अनुभव मिलाएर खेल्न सके पकड बनाउन सक्नेछौं ।’ कप्तान थापाले भने, ‘राम्रोसँग प्रशिक्षण गर्न नपाएपनि जति समय पाएका छौं त्यसमा हामीले राम्रो गर्ने प्रयास गरेका छौं । खेलमा मेरो जिम्मेवारी बढी नै हुन्छ । त्यसमाथि अहिले कप्तानको भुमिका थपिएको छ । सम्हालेर लैजाने प्रयास गर्नेछु ।’

भलिबलका कप्तानहरु
१. ऋषिराज आचार्य २०३३ (काइदे आजाम पाकिस्तान–१९७६)
२. दीपक सापकोटा २०३५ (आठौ एसियाली खेलकुद–थाइल्यान्ड)
३. महेन्द्रलाल श्रेष्ठ
४. राजेश मास्के
५. सुनिल चौधरी
६. विष्णु मास्के
७. भरत शाह (२०५२) (१९९९– ११औं साफ सम्म)
८. कैलाश दत्त भट्ट २०६७ देखि २०७१ सम्म)
९. इम बहादुर राना २०७२
१०. हरिहजुर थापा (२०८० जेठदेखि)

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.