default_image

2 years ago

June 15, 2023

प्रारम्भ एसइइ कप शुक्रबार र शनिबार

405 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रारम्भ वल्ड स्कुल तथा कलेजको आयोजनामा प्रारम्भ एसइइ कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक प्रारम्भले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता १ र २ असारमा हुने जानकारी गराएको छ । प्रतियोगिता आयोजक स्कुलकै कोर्टमा शुक्रबार र शनिबार हुनेछ ।

बिहीबारै खेल तालिका र समूह विभाजन गरिएको छ । सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सेक्रेट हार्ट स्कुल, नर्थ स्टार, मेगा पब्लिक र कालिकास्थान मावि रहेका छन् । समूह ‘बी’ मा न्यु एरा, फेइरील्यान्ड, नागार्जुन मावि र लालीगुराँस रहेका छन् ।

समूह ‘सी’ मा आयोजक प्रारम्भ वल्ड, स्प्रिङ भ्याली, काठमाडौं लिंकन र एन्जल हर्ट तथा समूह ‘डी’ मा आयोजक प्रारम्भ, मनमैजु सेकेन्डरी स्कुल, ग्यालेक्सी पब्लिक स्कुल र मिलन धर्मस्थली स्कुल रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनल पुग्नेछ ।

प्रतियोगिताको विजेताले २५ हजार रुपैया, दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

April 16, 2025

करातेका शेखु अमेरिकामा नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – करातेका राष्ट्रिय च्याम्पियन खेलाडी मोहम्मद शेखु आलम अमेरिकामा नगदसहित सम्मानित भएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लबले आलमलाई १ हजार अमेरिकी डलर (१ लाख ३७ हजार रुपैयाँ) र सम्मान पत्रले सम्मानित गरिएको ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा […]

April 15, 2025

पिएसजी र एस्टन भिल्ला भिड्दै

एजेन्सी – च्याम्पिन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा आज मध्यरातमा पेरिस सेन्ट-जर्मेन (पिएसजी) र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुँदैछ। पिएसजी ३-१ को अग्रता सहित भिल्ला पार्क जाँदैछ। जहाँ भिल्ला अक्टोबर यता अपराजित छ र यसअघि नै बायर्न म्युनिखलाई पनि हराएको थियो। नेयमार, लियोनल मेस्सी र पछिल्लो समय किलियन एम्बाप्पेले क्लब छाडेसँगै प्रशिक्षक लुइस एनरिकेले युवा र उदाउँदा […]

April 13, 2025

तेक्वान्दो निर्णायक काजल अमेरिकामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छिन् काजललाई न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आफ्नै एकेडेमीमा स्वागत गर्दै नगद र सम्मान पत्रले सम्मानित गरिएको हाे । काजललाई एसियाडका कास्य तथा सागका स्वर्ण र रजत विजेता मनिता शाहीबाट ३ सय अमेरिकी डलर र पुष्प थापा मगरबाट १ सय […]

Success

Thank you for your time.