default_image

2 years ago

June 15, 2023

रुपन्देही टेनिसलाई लामाको सहयोग

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भेट्रान टेनिस खेलाडी उत्तम लामाले रुपन्देही जिल्ला टेनिस संघलाई ५ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

बुटवल उपमहानगरपालिका ११, देवीनगरमा जिल्ला संघले सञ्चालन गरेको एकेडेमीमा बत्ती जडान गर्न सहयोग उपलब्ध भएको रुपन्देही जिल्ला टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले जनाएका छन् ।

चार कोर्ट रहेको एकेडेमीमा २५ जनाले नियमित प्रशिक्षण गरिहेको अध्यक्ष ज्ञवालीले जानकारी दिए । खेलाडीलाई विष्णु नेपाली र विकास खड्काले प्रशिक्षण दिइरहेका छन् । ‘रात्री समयमा पनि अभ्यास गर्न सहज होस् भनेर उहाँले हामीलाई सहयोग गर्नु भयो । उहाँ प्रति आभारी छौं ।’ अध्यक्ष ज्ञवालीले भने ।

लामाले अध्यक्ष ज्ञवालीलाई उक्त रकम बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे । सोही अवसरमा सहयोगको कदर गर्दै जिल्ला संघका अध्यक्ष ज्ञवालीले लामालाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

रुपन्देही जिल्ला टेनिस संघले विगत ५ वर्षदेखि नियमित रुपमा खुला टेनिस प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.