2 years ago
June 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टेनिसमा नयाँ खेलाडी भित्र्याउने उद्देश्यले हात्तीवनस्थित लिटिल एन्जल्स स्कुल (एलए) ले टेनिस फेस्टिभल फर युनिक प्लेयर्स– २०२३ आयोजना ग¥यो ।
महोत्सवमा कक्षा १ मा अध्ययनरत ५५ विद्यार्थी सहभागी थिए । उनीहरुलाई टेनिसकी प्रमुख प्रशिक्षक रेणुदेवी कोन्डा, सूर्यभूषण वज्राचार्य, चन्द्र शाही, महेश खड्गी, रामेश्वर थापा र प्रसिद्ध मोक्तानले टेनिसको विविध पक्ष बारे ज्ञान दिएका थिए ।
नेपाल टेनिस संघ जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को सहयोगमा भएको महोत्सव विभिन्न विद्यालयमा पनि सञ्चालन गर्ने योजना रहेको प्रशिक्षक वज्राचार्यले जानकारी गराए ।
उनले आईटीएफको जुनियर खेलाडी उत्पादन गर्ने उद्देश्य अनुसार नेपालमा पनि कार्यक्रम सञ्चालन गरिएको बताए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]