2 years ago
June 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघले चीनको हाङझाउमा आगामी सेप्टेम्बरमा आयोजना हुने १९औं एशियाली खेलकुदका लागि ४ खेलाडी छनोट गरेको छ ।
बिहिबार सातदोवाटोमा भएको छनोट प्रतियोगिताबाट २ पुरुष र २ महिला खेलाडीको छनोट गरिएको हो । छनोट हुन सफल खेलाडीहरुमा पुरुष तर्फ बशन्त थारु र मौलिक महर्जन तथा महिला तर्फ श्रेवी महर्जन र युस्का महर्जन रहेका छन् ।
थारु १३औं दक्षिण एशियाली खेलकुदका पदकधारी हुन् । श्रेवी दक्षिण एशियाली च्याम्पियनसिपको सिनियरतर्फ कास्य र जुनियरतर्फ रजत पदकधारी हुन् भने मौलिक नवौं राष्ट्रिय खेलकुदका कास्य पदकधारी हुन् ।
प्रशिक्षणमा रहेका ७ पुरुष र ४ महिला खेलाडीबाट दुई पुरुष र दुई महिला खेलाडी छनोट गरिएको संघले जनाएको छ । एशियन गेम्समा नेपाली टोलीले मिक्स टिम इभेन्टस्मा प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले जानकारी गराए ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]