2 years ago
June 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल प्रादेशिक भलिबल रेफ्री दावा छिरिङ शेर्पालाई सम्मान गरेको छ ।
संघले किर्गिस्तान जाने पुरुष राष्ट्रिय भलिबल टोलीको बिदाई कार्यक्रम दौरान शेर्पालाई नगद २५ हजार रुपैयाँसँगै सम्मानपत्रले सम्मानित गरेको हो ।
सोलुखुम्बु निवासी शेर्पाले नेपाल भलिबल संघ र भलिबलको अन्तर्राष्ट्रिय संस्था (एफआईभिबी) को झण्डा लिएर बिश्वको सर्वोच्च शिखरको आरोहण पुरा गरेका थिए ।
नेपालको राष्ट्रिय खेल भलिबललाई बिश्वको शिखरमा पु¥याउन सफल भएको र भलिबलको अन्तर्राष्ट्रिय संस्थालाई बिश्व शिखरमा पु¥याएको भन्दै शेर्पालाई संघले सम्मान गरेको हो । उनलाई संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङले सम्मानित गरे ।
यस्तै आरोही शेर्पाले आँफुले सगरमाथाको चुचुरोमा पु¥याएको फिभ र नेपाल भलिबल संघ लेखेको र सार्वजनिक गरेको तस्विर संघलाई हस्तान्तरण गरेको छ ।
प्रादेशिक भलिबल रेफ्री दावा छिरिङ शेर्पाले जेठ ९ गते बिहान ११ः३० बजे सगरमाथाको सफल आरोहण गरेका थिए । यससँगै उनी भलिबलबाट सगरमाथाको शिर चुम्ने पहिलो व्यक्ति बनेका छन् ।
उनले सगरमाथा आरोहणको सुरुवात चैत २७ गतेबाट गरेका थिए । सगरमाथाको सफल आरोहणसँगै उनी जेठ ११ गते बेस क्याम्पमा फर्किएका थिए ।
खुम्वु पासाङ गाँउपालिका वडा नम्वर ३ का दावाले २०७७ मा ढोरपाटन स्पोर्ट्स क्लबले काठमाडौंमा ८ दिनसम्म सञ्चालन गरेको प्रादेशिक भलिबल रेफ्री कोर्स उत्तिर्ण गरेका थिए । त्यसबेला उनीसँगै १०७ जनाले प्रादेशिक भलिबल रेफ्री कोर्ष उत्तिर्ण गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।