2 years ago
June 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थापागाउँले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बुधबार जित हात पारेको छ ।
चन्द्रविनायक पार्क, चावहिल मैदानमा थापागाउँले चावहिल भेट्रान ‘ए’ लाई ४–१ गोलले पराजित ग¥यो । थापागाउँका हरिहर थापा, धनवीर चौधरी, शशि गौतम र प्रवेशजंग थापाले १–१ गोल गरे । चावहिलका अजब श्रेष्ठले सान्त्वना गोल गरे ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा बौद्ध भेट्रान र तकामी पनि विजयी भए । बौद्धले एजेलाई ३–१ गोलले हरायो । बौद्धका धर्मेन्द्र लमाले ह्याट्रिक गरे । एजेका रवि थापा मगरले १ गोल फर्काए ।
तकामीले किङकोम स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पाखा लगायो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]