default_image

2 years ago

June 14, 2023

नवोदित एसइइ कप फुटसल असार दोस्रो साता

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नवोदित कलेज काठमाडौंको आयोजनामा दोस्रो एसइइ नवोदित फुटसल कप असार दोस्रो साता आयोजना हुने भएको छ ।

दोस्रो संस्करणको एसइइ नवोदित फुटसल कप सामाखुशीस्थित सामाखुशी फुटसलमा असार १० र ११ गते हुने आयोजक कलेजले जनाएको छ । सहभागिताको लागि असार १० गतेसम्मको लागि समयसीमा तोकिएको छ । १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै विजयी टोलीका खेलाडीले शिुल्क भर्नासँगै ६ महिनाको छात्रवृत्ति प्राप्त गर्ने छ । दोस्रो हुने टोलीका खेलाडीलाई निशुल्क भर्ना र ३ महिनाको छात्रवृत्ति प्रदान गरिने आयोजक कलेजले जनाएको छ ।

उत्कृष्ट खेलाडी र गोलरक्षकलाई निशुल्क भर्नासँगै ६ महिनाको छात्रवृत्ति तथा सहभागी टोलीका खेलाडीलाई भर्ना शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।

April 16, 2025

करातेका शेखु अमेरिकामा नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – करातेका राष्ट्रिय च्याम्पियन खेलाडी मोहम्मद शेखु आलम अमेरिकामा नगदसहित सम्मानित भएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लबले आलमलाई १ हजार अमेरिकी डलर (१ लाख ३७ हजार रुपैयाँ) र सम्मान पत्रले सम्मानित गरिएको ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा […]

April 15, 2025

पिएसजी र एस्टन भिल्ला भिड्दै

एजेन्सी – च्याम्पिन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा आज मध्यरातमा पेरिस सेन्ट-जर्मेन (पिएसजी) र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुँदैछ। पिएसजी ३-१ को अग्रता सहित भिल्ला पार्क जाँदैछ। जहाँ भिल्ला अक्टोबर यता अपराजित छ र यसअघि नै बायर्न म्युनिखलाई पनि हराएको थियो। नेयमार, लियोनल मेस्सी र पछिल्लो समय किलियन एम्बाप्पेले क्लब छाडेसँगै प्रशिक्षक लुइस एनरिकेले युवा र उदाउँदा […]

April 13, 2025

तेक्वान्दो निर्णायक काजल अमेरिकामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छिन् काजललाई न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आफ्नै एकेडेमीमा स्वागत गर्दै नगद र सम्मान पत्रले सम्मानित गरिएको हाे । काजललाई एसियाडका कास्य तथा सागका स्वर्ण र रजत विजेता मनिता शाहीबाट ३ सय अमेरिकी डलर र पुष्प थापा मगरबाट १ सय […]

Success

Thank you for your time.