2 years ago
June 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कपन भेट्रानले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेको छ ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा कपनले चावहिल भेट्रानलाई २–१ गोलले पराजित ग¥यो । कपनका लागि दुवै गोल पासाङ शेर्पाले गरे । चावहिलका रन्जित लामाले १ गोल फर्काए ।
चावहिल स्पोट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा नुवाकोट दरबार, एसएनकेसी र बूढानीलककण्ठले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् ।
चन्द्रविनायक पार्क, चावहिल मैदानमा नुवाकोटले सिन्धु स्पोर्ट्सलाई १–० गोलले हरायो । नुवाकोटका रुहनमान सिंहले निर्णायक गोल गरे । एसएनकेसीले कोटेश्श्वरलाई १०–० को भारी गोलअन्तरले पाखा लगायो ।
विजेताका सागर थापा र विभोर गुरुङले ह्याट्रिक गरे । सरोज थापाले २ तथा राकेश श्रेष्ठ र प्रदीप लामाले १–१ गोल थपे । सोम तामाङको निर्णायक गोल मद्दतमा बूढानीलकण्ठले जंगवीर युनाइटेडलाई १–० ले पन्छायो ।
प्रतियोगिताको आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा मोफसलका ६ सहित २१ टिम सहभागी छन् ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । चार विधागत उत्कृष्टतर्फक खेलाडी, गोलरक्षक, डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल असार ४ गते हुनेछ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]