2 years ago
June 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लालीगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो उपाधिनजिक पुगेको छ ।
एलएनए जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैको फाइनलमा पुग्यो । तारकेश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइज सेमिफाइनलमा एलएनएले हिमरश्मीलाई २०–१३ ले पराजित ग¥यो ।
एलएनएको जितमा साहिल पुनले १४ अंक योगदान गरे । फाइनलमा एलएनएको भेट एन्जल्स हार्टसंग हुनेछ । अर्को सेमिफाइनलमा रुपेश पौडेलको ९ अंक सहयोगमा एन्जल्स हार्टले सिद्धार्थ मोडललाई २३–१४ ले हराएको थियो ।
सिनियर गल्र्समा मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले ल्यान्डमार्कलाई २४–१९ ले पाखा लगायो । एलएनएकी सिमरन महर्जनले १४ अंक जोडिन् । उपाधिका लागि एलएनएले न्यु एरा विरुद्ध खेल्ने छ ।
न्यु एराले हिमरश्मीलाई १९–१२ ले पन्छायो । न्यु एराकी प्रनिशा श्रेष्ठले ८ स्कोर गरिन् । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]