default_image

2 years ago

June 12, 2023

भेट्रान फुटबल हुने

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिता चन्द्रविनायक पार्क, चावहिल मैदानमा मंगलबारदेखि सुरु हुँदैछ । चावहिल स्पोट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा मोफसलका ६ सहित २१ पुरुष टिमको सहभागिता रहने चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष अजब श्रेष्ठले जनाएका छन् ।

४० वर्षमाथि उमेरसमूहको प्रतियोगिता सिक्स ए साइड स्वरुपमा हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।

चार विधागत उत्कृष्टतर्फक खेलाडी, गोलरक्षक, डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । ढोलाहिटी एफसी साविक विजेता हो । फाइनल असार ४ गते हुनेछ ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.