2 years ago
June 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघको आयोजनमा दोश्रो साक चेस च्याम्पियनसिप २०२३ भोलि जेठ ३० गतेबाट हुने भएको छ ।
असार ४ गते सम्म गोदावरीस्थित होटेल भ्यु भृकुटीमा पुर्ण आवासीय सुविधासहित हुने प्रतियोगितामा महिला र पुरुष गरि दुई स्वर्ण पदकका लागि दक्षिण एशियाका आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, मालदिभ्स, श्रीलंका, भुटान र अफगानिस्तानका १० महिला र १० पुरुष खेलाडीहरुले राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियनसिपको पहिलो संस्करण बंगलादेशमा खुला प्रतिस्पर्धाको आधारमा भएको थियो । दक्षिण एशियाका प्रत्येक राष्ट्रबाट १ महिला र १ पुरुष खेलाडी, डिफेन्डिङ च्याम्पियन १ महिला र १ पुरुष तथा आयोजक नेपालबाट थप १ महिला र १ पुरुष खेलाडी गरि १०–१० खेलाडीहरुले स्वर्ण पदकका लागी प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
नेपालबाट पुरुष तर्फ बर्तमान च्याम्पियन फिडे मास्टर रुपेश जयसवाल र रनरअप सुरवीर लामा तथा महिलातर्फ राष्ट्रिय च्याम्पियन फिडे मास्टर सुजना लोहनी र रनरअप सुशीला गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै अफगानिस्तानले च्याम्पियनसिपमा सहभागिता नजनाउने भए पश्चात साउथ एशियन चेस काउन्सिलका अध्यक्षको परामर्शमा थप एक–एक नेपाली खेलाडीले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने भएको अध्यक्ष बिदुर गौतमले पत्रकार सम्मेलनमा जानकारी गराए ।
पहिलो संस्करणका पुरुषतर्फका विजेता भारतीय ईन्टरनेशनल मास्टर नुवइरश शाह सेख र महिलातर्फ बंगलादेशकी वुमन ईन्टरनेशनल मास्टर सुल्तान सरमीन सिरिनले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै ग्रान्डमास्टर सायनतन दासले पनि यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
अनुमानित ४० लाखको बजेट रहेको च्याम्पियनसिपमा पुरुष तर्फ शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरु प्रथमले नगद १ लाख ५० हजार, दोश्रोले १ लाख र तेश्रोले नगद ५० हजार प्राप्त गर्नेछन् भने महिला तर्फका विजयी खेलाडीले नगद १ लाख, दोश्रोले ६० हजार र तेश्रोले नगद ४० हजार प्राप्त गर्नेछन् ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]