default_image

2 years ago

June 12, 2023

राइनास साइकल ट्रेल तथा पदमार्गको उद्घाटन

275 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – लमजुङको राइनास नगरपालिकामा राइनास साइकल ट्रेल तथा पदमार्गको उद्घाटन गरिएको छ ।

राइनास नगरपालिकाका मेयर खड्ग बहादुर गुरुङले राइनास नगरपालिका वडा नम्वर ९ र वडा नम्वर १० मा रहेको झन्डै ८ किलोमिटरको राइनास साइकल ट्रेल तथा पदमार्गको उद्घाटन गरेका हुन् ।

राइनासको गौरवको योजना अन्तर्गत प्यारजुङ भन्ज्याङदेखि जोगी गुफा, साल्मेकोट, लामागाउँ, गोरखनाथ मन्दिर, कोकेगाउँ, घुरसापे, दरबारगढी, पात्लेपानी, राइनासकोट हुँदै सिद्ध गुफा भएर भक्तिपार्क मोहोरियाकोटसम्मको साइकल ट्रेल तथा पद मार्गको निर्माण कार्य सप्पन्न भएपछि उद्घाटन गरिएको हो ।

राइनास नगरपालिका ९ को १० लाख र वडा १० को ६ लाख रुपैयाँ गरी १६ लाख रुपैयाँ लागत र स्थानीयको १० प्रतिशत जनश्रमदानमा साइकल ट्रेल र पदमार्ग निर्माण गरिएको हो ।

उद्घाटनको अवसरमा २२ जना साइकलिस्टहरुले ८ किलोमिटर साइकल दौडाएका थिए । राइनास नगरपालिका वडा नम्बर ९ र १० ले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्दधन गर्ने उद्देश्यले यो साइकल ट्रेल तथा पद मार्गको योजना सुचारु गरिएको हो।

मोटरबाटो सञ्चालन नहुँदा पहिले यो पदमार्गकै रुपमा स्थापित थियो । मोटरबाट सञ्चालनमा आएपछि यो पदमार्गमा खासै प्रयोग गरिएको थियो ।

यसले राइनासमा रहेको होमस्टेलाई समेत जोडेको छ । यो क्षेत्रबाट धौलागिरि हिमालदेखि माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, मनास्लुलगायत दर्जन हिमशृंखला देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य पनि देख्न सकिन्छ ।

राइनास साइकल ट्रेल तथा पदमार्गको उद्घाटनको अवसरमा राइनास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोकर्ण राज सुयलसँगै वडा नम्वर १० का अध्यक्ष लक्ष्मण गुरुङलगायत समाजसेवी, स्थानिय युवा क्लबहरुको उपस्थिति रहेको थियो ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.