2 years ago
June 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लालीगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले प्रारम्भ वल्र्डलाई २७–२० ले पराजित ग¥यो । एलएनएका साहिल पुनले १२ स्कोर गरे । एन्जल्स हार्टले नर्थ भ्यालीलाई २०–१४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । एन्जल्स हार्टका रुपेश पौडेलले ७ अंक जोडे ।
क्वाटरफाइनलमा एलएनएको भेट सिर्जना ज्ञान सागरसंग हुनेछ भने एन्जल्स हार्टले जीवन ज्योतिको सामना गर्ने छ । बाँकी क्वाटरफाइनल सिद्धार्थ मोडल र सेक्रेट हार्ट तथा हिमरश्मी र काठमाडौं लिङकनबीच हुनेछ ।
तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा एलएनए, नर्थ भ्याली, न्यु एरा र पद्यमचक्रले क्वाटरफाइनलमा स्थान पक्का गरे ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]