default_image

2 years ago

June 10, 2023

आर्यन र अभिनवको विजयी सुरुआत

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता सुरु भएको छ । राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता सुरु भएको हो ।

पहिलो दिन पुरुष एकलमा आर्यन गिरिले बिष्णु नेपालीलाई ६–० र ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे । अभिनव आचार्यले अर्याश गुरुङलाई ६–० र ६–० ले हराए ।

युगेन शेर्पाले विनय यादवलाई ६–० र ६–० ले हराए । देभासस रेउलेले सौगात श्रेष्ठलाई ७–५ र ६–३ ले हराए । शंकर हेइजानन र नविन श्रेष्ठले वाक ओभर पाउँदै अर्को चरणमा स्थान बनाए ।

३५ वर्षमाथिको पुरुषमा राजन श्रेष्ठले प्रवेश पन्तलाई ६–० र ६–३ ले हराए । सेबू प्रसाद शर्माले अनिश मान श्रेष्ठलाई ६–० र ६–२ ले हराए । सोवित गौचनले सुनिभ राजभण्डारीलाई ६–३ र ७–५ ले हराए भने प्रणव मल्लले माधव सिंह विष्टलाई ६–१ र ६३ ले हराए । सबिन श्रेष्ठ, सोनाम शेर्पा र मुक्ति सेन गुरुङले वाकओभर पाए ।

४५ वर्षमाथि पुरुषमा गोपाल प्रसाद ज्ञवाली, उत्तम कुमार लामा, मनोज बिक्रम शाह, गोपी भट्टराई, सुकमान तामाङ, माधव थापा, विरेन्द्र लामा, विकास गुरुङ, अपूर्व जंग थापा, मान बहादुर कटुवाल, महेश श्रेष्ठ, उत्तम बोगटी, एमडी युनुस, विमल वाइबा र तोङबान तुलेश्वोरले दोस्रो चरणमा स्थान बनाएका छन् ।

३५ वर्ष पुरुष डबल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडी, दावा शेर्पा र सेबू शर्माको जोडी, अनिल शाही र गोपी भट्टराईको जोडी, महेश श्रेष्ठ र जितेन्द्र परियारको जोडी, सुर्बत बस्नेत र मुक्ति गुरुङको जोडी,समिर गुरुङ र कृष्ण उप्रेतीको जोडी,सिमान्त गुरुङ र सन्तोष खत्रीको जोडी तथा भिष्म गुरुङ र राजु क्षेत्रीको जोडीले दोस्रो चरणमा स्थान बनाएका छन् ।

यू ८ ब्वाइजमा आयन पन्त, आहान भट्टराई, जिभास भट्टराई,भिरल अग्रवाल, सर्भाग्य जंग खत्री, आहान केडिया, अनमोल श्रेष्ठ, अबिर केडिया, सफल जंग घले, जिबेश भट्टराई र तोनिस श्रेष्ठ दोस्रो चरणमा स्थान बनाएका छन् ।

यू १० ब्वाइजमा विश्व विशेष डल्लाकोटी, अद्रित मल्ल, भिडन्त चालिसे, निश्चल ज्ञवाली, अर्याश राज पौडेल, कृतन्य शाह, सभ्य जंग कार्कीले दोस्रो चरणमा स्थान बनाउदा यू ९ ब्वाइजमा संघर्ष फोडर, आहान केडिया र ह्याप्पी श्रेष्ठले दोस्रो चरणको यात्रा तय गरेका छन् ।

यू ८ गर्ल्समा राजश्री जोशी, ताभसी राणा, आईरिस श्रेष्ठ, समृद्धि खत्री, नैरे सी घले, जिभाश्री भट्टराई, आयना भाद्र, निम्ति कुँवर, आईरिस श्रेष्ठ, समृद्धि खत्री र जिभाश्री भट्टराईले दोस्रो चरणको यात्रा तय गरेका छन् ।

यू ९ गर्ल्समा कृष्णा बंसल , जिभाश्री भट्टराई, नोर्गिमा लामा र राजश्री जोशीले अर्को चरणको यात्रा तय गरेकी छन् ।
आगामी असार २ गतेसम्म आयोजना हुने प्रतियोगितालाई नेपाल टेनिस एसोसियसनले प्राविधिक सहयोग गरेको छ । प्रतियोगितामा जुनियर्स र सिनियर्स र भेट्रान्स विधा समावेश गरिएको छ ।

प्रतियोगितामा पुरुष र महिलाको अन्डर ८, अन्डर ९, अन्डर १०, अन्डर १२, अन्डर १४ तथा अन्डर १६ मा सिंगल्स र डबल्स सहितका स्पर्धा समावेश छन् । यस्तै मेन्स र वुमन्सको सिंगल÷डबल्स सहित ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि गरि ११ विधा समावेश गरिएको छ ।

मेन्स सिंगल्स र वुमन्स सिंगल्सको विजेताले समान १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । मेन्स र वुमन्स डबल्सका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सिनियर विधामा ३५ वर्षमाथिको विधाको विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार तथा डबल्स विधाको विजेताले ३० हजार, दोस्रोले १६ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

४५ वर्षमाथि विधाको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सोही उमेर समूहको डबल्स विधाका विजेताले २५ हजार, दोस्रोले १४ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

५५ वर्षमाथिको विधाको विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार तथा सोही उमेर समूहको डबल्स विधाको विजेताले २० हजार, दोस्रोले १३ हजार र तेस्रो हुने टिमले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । जुनियरतर्फको विजेताले ६ देखि २० हजार रुपैयाँसम्म प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पुरस्कारमा मात्र १४ लाख ८५ हजार रुपैयाँ खर्च हुने राइजिङ स्टार एकेडेमीका अध्यक्ष रविन प्रधानले जानकारी दिए । जुनियर लेभलबाट सिनियर लेभलसम्मका टेनिस खेलाडी उत्पादनमा सहयोग पुर्याउन प्रतियोगिताको आयोजना गरिएको एकेडेमीले जनाएको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.